अमेरिकाको न्युजर्सीमा छतबाट खसेर २२ घाइते


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

अमेरिकाको न्युजर्सीमा एक तीनतले भवनको छतबाट खसेर बेलुका कम्तीमा २२ जना घाइते भएका छन् । घटना न्युजर्सीको वाइल्डउडमा भएको हो ।

स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ ।

सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशिल छन् भने कोही विगतमा क्रियाशिल थिए ।

काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन् ।

अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ ।

क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिका सहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com