आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

देवीपटनम, आन्ध्र प्रदेश, २९ भदौ (रासस-एएनआई) ः भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेका समय दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य ५० पर्यटक रहेको बताइएको छ । पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन । उद्धार जारी रहेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिनुभएको छ । उहाँले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिनुभएको छ । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com