सिरियामा छ सर्वसाधारण मारिए


प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार

(रासस-एएफपी) ः पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारीअनुसार जिहादीको बलियो प्रभाव रहेको क्षेत्रमा मस्कोले युद्धविराम घोषणा गरेको दुई हप्तापछि पुनः यो आक्रमण भएको हो ।

गत मङ्गलवार, रुसले युद्धविराम शुरु भएदेखि यस क्षेत्रमा पहिलो हवाई आक्रमण गरेको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत शुक्रवार, दक्षिणी इदलीब प्रान्तको मआरेट अल नुम्यान र काफ्रानबेल शहरमा शुक्रवार भएको रकेट प्रहार र गोलाबारीले एक बालकसहित पाँच सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

करीब १० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा धेरैजसो क्षेत्र युद्धबाट विचलित भएका छन् ।

सन् २०११ को मार्चदेखि सिरियामा शुरु भएको जनअन्दोलन अहिले गृहयद्धको रुपमा चलिरहेको छ । आन्दोलनको केहीदिनपछि नै शुरु भएको गृहयद्धका कारण अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढी मारिएको तथ्यांक छ ।

गृह युद्धमा अहिले आतङ्कवादी समूह मानिने अलकायदा र इस्लामिक स्टेट (आइएस)का लडाकू हावी भएको बताइएको छ ।

यस युद्धका कारण अहिलेसम्म सिरियाका लाखौँ जनता घाइते भएका छन् भने अरु लाखौँ मानिस आफ्नै देश वा छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com