कालोपत्रे हुन सकेन पाटन विमानस्थल


प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार

– विनोद सिंह विष्ट

म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो ।

ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उहाँले बताउनुभयो । “ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो”, उहाँले भन्नुभयो । वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ ।

विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ । पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात् भइरहेकाले कालोपत्रेको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रेको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताउनुभयो । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ ।

सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ । विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयका भवन १२ बर्षे द्वन्द्वकालमा ध्वस्त भएको थियो । साथै विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो ।

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सक सो क्षेत्रको मात्र नभएर पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ ।

सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । हवाई सेवाको सहजताले पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरीगङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com