तिम्रो विहे कहिले ?


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

खेमा बस्नेत / सामान्य परिवारकी जेठी छोरी ।  घरको जिम्मेवारी मै माथि छ । आमाबुबाले खानालाई पुग्ने खेतवारी समाल्नुहुन्छ । जागिर गरेर घर खर्च चलाउँदै आएकी म भोली छोरा भएको भए यस्तो गर्दथेँ  भन्ने कुराको पछुतो नहोला मेरा आमाबुबालाई ।

म आमाबुबाको छोरी भएर छोरीले भाई बहिनी आमाबुबाको जिम्मेवारी लिन सक्छे भन्ने कुरा समाजमा देखाउन चुनौती मेरा सामु हरेक पाइला पाइलामा छ नै । त्यसमा पनि छोरी भएर समाजमा अगाडि बढ्दाको लाल्छना र चुनौतीको सामन गर्नुपर्ने । उमेरले २४ वर्षमा लागे । घरमा सधै विवाहको कुरा कती चोटी भन्नु गर्दिन भनेर, आमाबुबालाई कती सम्झाउने मैले उहाँहरू प्रति गर्ने जिम्मेवारी अझ धेरै पूरा गर्नपर्ने छ ।

घरमा त विवाहको कुरा हुँदा अब सामान्य नै लाग्न थाल्यो । हुँदा हुँदा समाजले पनि विवाह कहिले गर्ने ? प्रश्न गर्न थाले । विवाहलाई मान्छेले कति महत्व दिएका होलान् ?

एक दिन मन्त्री आउने कार्यक्रममा म पनि  पुगे । नेपालीको बानी कहिले पनि समयमा भनेको काम नहुने । त्यो कार्यक्रमा मन्त्री २ घण्टा ढिलो आउने खबर आयो । अफिस तिर जाने सोचेर हिड्नै लागेको थिए, एक जना पत्रकार सर भेटिनु भो ।  उहाँले सोध्नु भो विवाहको महिना त सकिन लाग्यो ‘तिम्रो विवाह कहिले हो ?’ जवाफमा भने मेरो विवाहको भतेर खान हजुरलाई कति हतार ?

उहाँले फेरि भन्नु भो ‘अब तिमी पनि हतार गर विवाह गर्ने उमेर भैसको छ । उमेर गईसकेपछि कसैले पत्याउँदैनन् अनि पछुतो मानी रुनु पर्ला ।’ यो सुनेपछि भित्रभित्रै रिस उठ्यो । अनि सोधेँ, सर तपाईको विचारमा मेरो विवाह गर्ने उमेर कति हो ? विवाह गर्ने उमेर पुगेर गर्ने होइन । कसैसगं मन मिल्छ, विचार मिल्छ, मानसिक रुपमा विवाहका लागि तयार भइन्छ तब विवाह गरिन्छ मेरो विचारमा फेरी म अहिलेसम्म यदि सक्षम भैसकेको छैन, विवाह पश्चात मेरो श्रीमानलाई पाल्न सकु  ।

फेरी पत्रकार सरले भन्नुभयो कुरा त ठूलाठूला नै गरेउँ तिमीले तर, यथार्थमा यस्तो हुँदैन तिमीले सोचेको विचारमा सहमत हुने समाजको निमार्ण अझै भएको छैन । मैले भने, त्यो समाजको निमार्ण म जस्तै सोच भएकाले गर्नछन् नि सर ? केटीको जीवनमा कसै केटासगँ नाम जोडिएर आउँछ भने भोली अरूले विवाह गर्ने मान्दैनन् । तिम्रो पनि …….केटासँग नाम चलेको छ त ।

त्यसैले विवाह समयमा नै गर । के म केटी हुँ भन्दैमा कुनै केटासगँ बोल्न नपाउने ? हिड्न नपाउने  ? कोही केटासँग हिड्दैमा त्यो मेरो ब्वाेइफ्रेण्ड भैहाल्ने ? जोसँग विचार मिल्छ त्यो साथी बन्छ चाहे त्यो केटा होस् वा केटी ।

उसको र मेरो विचार मिल्छ हामीसँगै हिँड्छौ, एक अर्कोलाई परेको बेला सहयोग पनि गर्छौ ,तर कुनै केटा र केटीसँगै हिड्यो भन्दै आफूहरूका समय बिताउन चर्चाका विषय बनाउने हजुर जस्तै सोच भएका यो समाजमा धेरै छन् ।

महिला पुरुष समान महिलालाई सपोर्ट गर्नु पर्दछ, महिला हिंसा अन्त्य गर्नुपर्छ भन्दै भाषण गर्ने पुरुषको यस्तै सोच छ भने कसरी महिला पुरुष समान हुन्छ ? जब केटा केटी हिँड्दैमा केटीका बारेमा टिका टिप्पणी गर्ने, उसको चरित्रमा प्रश्न उठाउने यही समाज त होला ।

जो महिलालाई हृयददेखि सम्मान गर्ने जानेको होस्, मेरो जस्तै सोच भएको होस् । भोली कुनै पनि केटी केटासँगै हिँड्दै गर्दा मेरो चरित्रमा प्रश्न उठाउँछ की यो समाजले भनेर डराई डराई हिड्न नपरोस् । फेरी अर्को केटीको कुरा काटेर समय  बिताउने गफ नबनोस् ।

निर्धक्कसँग केटा र केटी यो समाजमा हिँड्न पाउन बोल्न पाउन । केटीलाई विभिन्न बाहानामा समाजले लगाउने बन्धन तोड्न सकुन कसैसँग नाम चलेको र बदनामी हुने डरले जवर्जस्ति विवाह गर्न नपरोस् । आफ्नो कामवाट बिस्थापित हुन नपरोस् । यस्तो समाजको निमार्ण हामीले त गर्ने ‘सर’ । तपाईको सोचबाट चल्ने कलमले समाज परिवर्तन गर्ने छैन । त्यसपछि म आफ्नो बाटो लागे ……. ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com