पार्टी छोड्ने सवै अवसरवादी हुन् ः गान्धी


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

नयाँ दिल्ली, २६ भदौ (रासस-एएनआई) ः भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिनुभएको छ ।

पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा मन परेर आबद्ध हुनेहरूभन्दा स्वार्थका लागि आबद्ध हुनेहरू पार्टीका लागि चुनौति भएको उहाँको भनाई थियो ।

“हाम्रो पार्टीको मुल्य मान्यताहरू संकटमा परेका छन्, यसबाट हामी चाँडै सतर्क हुन सकेनौँ भने पार्टी अफ्ट्यारोमा पर्दछ,” उहाँले भन्नुभयो ।

मुल्य मान्यतामा अडिग रहने र स्वार्थी चिन्ने अहिले राम्रो मौका भएको गान्धीले बताउनु भयो । मुल्य मान्यतासहित आएकाहरुले मात्रै देशलाई फाइदा हुने उहाँको भनाई छ ।

“केही नेता कार्यकर्ताहरुले हालै हाम्रो पार्टी छाडेको घोषणा गरेका छन्, त्यसले उनीहरु अवसरवादी थिए भन्ने पुष्टी हुन्छ,” गान्धीले भन्नुभयो ।

–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com