सुन्दरता फर्काउन बोसो !


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

बढ्दो उमेरसँगै अनुहारमा चाउरी पर्दै जान्छ । तन्नेरी उमेरमा कसिलो र टुमुक्क परेको अनुहार बिस्तारै पातलो र खुकुलो हुँदै लत्रिन्छ । उमेरमा उल्टो त्रिकोण आकारको देखिने अनुहारको बनोट बुढेसकालमा गएर सुल्टो त्रिकोण आकारको देखिन्छ ।

छालाले कोल्याजन, तेल र पसिना बनाउन कम हुँदै जान्छ । तन्नेरी अवस्थामा महिनैपिच्छे छालाले काँचुली फेर्ने गर्छ । तर, उमेर ढलेपछि काँचुली फेर्ने क्रम पनि सुस्ताउँछ । अनि पत्रमाथि पत्र बसेर सुक्खा छालाको सतह बन्छ, जसले गर्दा अनुहार खस्रो, फुस्रो र चमकहीन देखिन्छ । त्यसैगरी छालामुनिको बोसोको सतह पनि घट्छ । यो बोसोको सतह घटनाले अनुहारको छाला खुकुलो र लत्रिँदै जान्छ । आँखामुनि, कन्चट, निधारजस्ता भागमा यो परिवर्तन धेरै देखिन्छ ।

सुधार्ने उपाय

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छालामा चमक ल्याउन क्रिम, मोइस्चराइजर, रेतिनोल, भिटामिन सी, भिटामिन एजस्ता क्रिम बजारमा उपलब्ध छन् । तर, छाला नै खुकुलो हुने र झोलिने क्रमका लागि क्रिमले मात्र पुग्दैन । यस्तो, समस्यालाई कस्मेटिक सर्जरी र छालारोग विशेषज्ञले समाधान गर्न सक्छन् ।
बोसोको सतह नै सुकेर छाला झोलिएको मान्छेमा शरीरको अन्य भागबाट बोसो झिकेर अनुहारमा राख्न पनि मिल्छ । यही प्रक्रियालाई बोसो प्रत्यारोपण वा फ्याट ग्राफ्ट भनिन्छ । यो साधारण उपचार हो, जसमा चिरफार र टाँका चाहिँदैन । सानो सुइबाट बोसो झिकेर सुइले नै अनुहारमा राखिन्छ । यसमा अनुहारमा दाग वा खत हुँदैन ।

नेपालमा बोसो प्रत्यारोपण सुरु भएको दुई वर्ष भयो । चाउरीपना हटाएर जवान देखाउन बोसोको धेरै सफल उपचार हुन्छ । चाउरीपना हटाउन, दाग र खत पुर्न, दुर्घटनामा बसेको खत भर्न, पोलेको घाउमा, छालाको मोर्फियाजस्ता रोगले सुकेको भाग पुर्न, स्तन बढाउन इत्यादि विभिन्न उपचारमा बोसो राख्न मिल्छ । यसरी राखेको बोसो लामो अवधिसम्म रहन्छ, त्यसैले यसलाई स्थायी उपचार विधि मान्न सकिन्छ ।
यसरी गरिन्छ प्रत्यारोपण

सबैभन्दा पहिले शरीरमा अधिक वा अनावश्यक बोसो जम्मा हुने पेट, तिघ्राजस्ता अंगबाट बोसो निकालिन्छ । दोस्रो चरणमा उक्त बोसोलाई वैज्ञानिक प्रविधिबाट शुद्धीकरण गरिन्छ र प्रत्यारोपण गर्नुपर्ने भागमा राखिन्छ । क्रिम र औषधिको प्रयोगबाट यस प्रक्रियालाई दुखाइरहित बनाइन्छ । अनावश्यक बोसो झिक्ने र शारीरिक आवश्यकता भएको भागमा राख्ने यस प्रविधिको दोहोरो फाइदा छ ।

यस्तो अवस्थामा प्रत्यारोपण 

अनुहारको चाउरीपना र खुकुलोपनामा
आँखामुनिको डार्क सर्कलमा
गहिरो खत र जलेर बसेको खतमा
गाला, नाकको रेखी, ओठको भागमा
स्तनको आकार बढाउन

डा.स्मृति श्रेष्ठ, छालारोग विशेषज्ञ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com