‘सेल्फी किंग’ हाँस्य कलाकारको बायोपिक


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी बाँध्दै ‘सेल्फी किंग’को औपचारिक घोषणा गरिएको छ । यो फिल्मलाई हाँस्यकलाकारको जीवन शैलीमा आधारित रहेर तयार पारिने बताइएको छ ।

एक हिसाबले हाँस्यकलाकारको बायोपिक पनि भन्न सकिन्छ । सेल्फी किंगका निर्देशक विशाल सापकोटाले यो फिल्म बायोपिक नभएपनि हरेक हाँस्यकलाकारसँग मेलखाने बताए । साथै उनले यो फिल्म हाँस्यकलाकारकै जीवन शैलीबाट प्रभावित भएरै तयार पारेका खुलाए । फिल्ममा दिनेश राउत र सुवाष थापाको लगानी रहेको छ ।

त्यस्तै, अभिनेता विपिन कार्कीले फिल्मको कथा आफुसँग पनि मिल्दोजुल्दो रहेको बताउदै भने, ‘यो फिल्मको कथा मसँग पनि अलिअलि मिल्दोजुल्दो छ । फिल्ममा एकजना ख्याति प्राप्त हाँस्यकलाकारको कथा भन्न लागिएको छ ।’ निर्माण टिमका अनुसार, फिल्मले हाँस्यकलाकारकै कथा भन्ने छ । तर, कसको कथा भन्छ भनेर खुलाइएको छैन ।

नेपालमा हाँस्यकलाकार भन्ने बित्तिकै हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, मनोज गजुरेलको नाम अगाडी आउँछ । के यो फिल्म यिनै हस्तिहरुको बायोपिक हो ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com