‘मेक्सिकोबाट सिमा पारगर्न खोज्नेलाई अब उतै फर्काइने छ’ – बासु फुलारा


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

– बासु फुलारा, कानुनविद्

नयाँ निर्देशिकाको विशेषता के हो ?

मंगलबार दुईवटा निर्देशिकाहरु जारी भएको छ । यसको मुख्य विषय सिमा सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफ्ना माताहतका निकायहरुलाई राष्ट्रपतिको आदेश कार्यान्वयनका सन्दर्भमा निर्देशिका जारी गरेको हो । यो निर्देशिकामा मुख्य रुपमा केही विषयहरु छन् ।

यसको मुख्य उद्देश्य सिमा सुरक्षा सम्बन्धि अमेरिकाको अध्यागमन कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्नु हो । अमेरिकामा रहेका अध्यागमन कानुनलाई शशक्त रुपमा कार्यान्वयन गर्नु हो । त्यसैले जुनसुकै देशबाट अमेरिकामा आउनेले पनि अध्यागमन कानुनको पूर्णरुपमा पालना गर्नुपर्छ भन्ने मान्यताका साथ यो निर्देशिका जारी भएको छ । नेपालीहरुले थाहा पाउनुपर्ने विषय पनि यही नै हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कस्ता व्यक्तिलाई पक्राउ गर्ने र डिपोर्ट गर्ने भन्ने विषय ब्यापक चासोको विषय हो । कार्यकारी आदेश भन्दा अगाडि अमेरिकाबाट व्यक्तिलाई देशनिकालाका लागि विभिन्न बर्ग र प्राथमिकतामा राखिन्थ्यो । तर कार्यकारी आदेश र निर्देशिकामार्फत त्यस्ता प्राथमिकताहरु हटाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन कानुनको उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई कार्यकारी आदेश र निर्देशिकाले लक्ष्यित गर्छ । अमेरिकामा रहेकय जतिपनि कागजपत्रविहिनहरु छन्, कसैलाई पनि प्राथमिकतामा नराखेर कानुन उल्लंघन गर्ने सबैलाई फोकस गर्न सक्छ । भिसाको उल्लंघन, ओभरस्टे, गैरकानुनी रुपमा सिमा पार गर्ने लगायत सबैलाई यसले फोकस गर्छ । र अध्यागमन कानुनको उल्लंघन गर्ने व्यक्तिलाई यसले देशनिकालाको प्राथमिकतामा राख्छ ।

यसमा कुनै ए बी सी प्राथमिकता छैन । यद्यपी प्राथमिकता भन्दैमा एकैपटक १ करोड भन्दा धेरै कागजपत्रविहिनलाई मास डिपोर्टेशन सम्भव छैन । त्यस्तै अमेरिकामा गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई पहिले क्याच एण्ड रिलिजको अभ्यास थियो । यो निर्देशिकामा ब्याख्या गरिएअनुशार त्यो अभ्यासको अन्त्य गरेको छ । क्याच एण्ड रिलिजको व्यवस्थालाई अन्त्य गरेर कुनै रिलिफ र अध्यागमन सुविधाका लागि आवेदन नदिएको वा योग्य नभएको व्यक्तिलाई डिटेन्सनमा राख्ने वा सिमाबाटै फर्काउनसक्ने व्यवस्था गरिएको छ ।

पहिले अमेरिका छिरेको दुईसाताभन्दा कम अवधि भएका र सिमाक्षेत्रको १ सय माइल आसपासमा समातिएकाहरुलाईमात्र तीब्र गतिमा देशनिकालामा राखिनेभएपनि अब त्यो परिवर्तन भएको छ । यो कस्तो परिवर्तन हो ?

ओबामा प्रशासनले अमेरिका छिरेको दुईसाताभन्दा कम अवधि भएका र सिमाक्षेत्रको १ सय माइल आसपासमा समातिएकाहरुलाईमात्र तीब्र गतिमा देशनिकालामा राखिदै आएकोमा अब अमेरिकाभित्र जहाँ सुकै पनि पक्राउ परेका र अमेरिकामा बसोबास गरेको दुईबर्षभन्दा कमसमय भएको व्यक्ति अध्यागमनको उल्लंघन गरेको ठहरिएमा त्यस्ता व्यक्तिलाई तीब्र गतिको देशनिकालामा राखिनेछ । यद्यपी यसमा ब्यापक कुराहरु आउन बाँकी नै छ । अमेरिका आएको दुईबर्ष पनि पूरा भएको छैन र कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएको छैन भने इमिग्रेशन कानुनको उल्लंघन गर्नेलाई तीब्र गतिको डिपोर्टेशन प्रकृयामा राख्ने गरी भएको परिवर्तन मुख्य परिवर्तन हो ।

मेक्सिको हुँदै गैरकानुनी सिमा पार गर्नेहरुलाई मेक्सिकोतिरै फर्काउने भनिएको छ । यो भनेको कस्तो हो ?

यो भनेको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने व्यक्तिलाई जुनदेशबाट आएको हो, त्यही देशमा फर्काइनेछ । यदि व्यक्तिको केस भएमा केस समाप्त नहुँदासम्म जुनदेश हुँदै आएको हो त्यतै फर्काउने कुरा निर्देशिकामा उल्लेख छ । त्यस्तो व्यक्तिका पक्षमा फैसला भएमा भने उसलाई अमेरिका प्रवेश गर्न दिइने भनिएको छ । मेक्सिकोहुँदै अमेरिका छिर्न खोज्नेलाई अमेरिकाभित्र छिर्न नदिने तर केस लिने कुरा पनि अहिलेको नयाँ व्यवस्थामा छ । अन्य देशका व्यक्तिले मेक्सिकोमा बसेर कसरी केस लड्ने भन्ने विषयमा अनुमान गर्न गाह्रो छ । किनभने यसबारे थप नीतिहरु आउन बाँकी नै छ । जुनदेशतिरबाट आएको हो त्यही देशमा फर्काउने तर केस अगाडि बढाउने भनिएको छ । यो व्यवहारिक रुपमा कसरी जान्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

टीपीएसले समेट्ने अवधिभन्दा पछाडि अमेरिकामा आएका तर अदालतमा केस पेन्डिंग रहेकाहरुका सन्दर्भमा के हुन्छ ?

अदालतमा केस पेन्डिंग रहेकाहरुलाई मेक्सिकोतिर फर्केर केस लड्नुपर्ने अवस्था आउँदैन । अदालतमा पेन्डिंग अवस्थामा रहेका केसहरुलाई यो निर्देशिकाले खास असर गर्दैन । यदि इमिग्रेशन जजसमक्ष रिलिफ एप्लीकेशन पेन्डिंग रहेको अवस्थामा अदालतको तालिका र क्यालेन्डर अनुशार नै मुद्दा चल्छ । यदि तपाई अमेरिकामा हुनुहुन्छ, मुद्दा इमिग्रेशन अदालतमा छ, जजसमक्ष छ भने त्यस्तो व्यक्ति आत्तिनु जरुरी छैन ।

अन्तरवार्ताको बाँकी अंश खसोखास साप्ताहिकको आगामी अंकमा हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com