मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो ।

अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उहाँको भनाइ छ । “एक त बाटो अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, त्यसैमाथि गाडीको क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको छ । उथ्र्रुस्थित प्रहरी चौकी नजिक आएपछि यात्रु झार्ने गरिन्छ । कोटाभिड नजिक पुगेपछि पुनः ती यात्रुहरु राखेर बजार ल्याउने गरिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । लासीबाट बजारसम्म र बजारदेखि लासीसम्म जाने साना सवारी साधनले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनको निगरानी नगर्दा सवारी सञ्चालकहरुले मनपरी भाडा असुल्ने गरेका हुन् । यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी भाडा लिने गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी रुटमा मनपरी भाडा असुले पनि ट्राफिक प्रहरीले कुनै कारवाही नगर्दा यात्रुहरुले दुःख पाउन बाध्य भएका हुन्् ।

लासीदेखि बजार, बजारदेखि लासी र उथ्र्रुसम्म चल्ने सवारी साधनहरुमा बढी पैसा असुल्नेदेखि सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताउनुभयो । प्रहरीको सक्रियाता नहुँदा सवारीधनीहरु खुलेआम यात्रुसँग ठग्ने गरेका गुनासो आइरहेको छ । ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ सवारी धनीले निर्वाध मान्छे कोच्ने र बढी रकम असुल्ने गरेका छन् । ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारी धनीले भाडा असुल्ने गरेको शिवा बुढाले बताउनुभयो । टिकट काउन्टरको व्यवस्था नभएका कारण बीच बाटोमै यात्रुबाट रकम लिने गरिएको उहाँको भनाइ छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com