बाढीका कारण नाइजरमा ५७ को मृत्यु


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ ।

नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ । राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ ।

नाइजरको सरकारले मङ्गलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।

बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ । त्यसैगरी दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ ।

दक्षिण पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको अधिकारीहरूले जनाएका छन् ।

बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com