बेलायतमा स्नातक वा स्नातकोत्तर गर्ने विदेशी विद्यार्थीलाई दुईबर्षको कामदार भिसा


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

बेलायती विश्वविद्यालयबाट स्नातक वा स्नातकोत्तर गर्ने विदेशी विद्यार्थीहरुलाई दुई बर्षको कामदार भिसा प्रदान गरिने भएको छ । टरिजा मेको कडा अध्यागमन नीतिलाई उल्टाउँदै सरकारले यस्तो घोषणा गर्न लागेको हो । सन् २०१२ भन्दा अगाडिको नीतिमा सरकार फर्कन लागेको जनाइएको छ ।

वर्तमान नीति अनुशार बेलायतमा स्नातक वा स्नातकोत्तर गर्ने विदेशी विद्यार्थीहरुलाई जम्मा ४ महिनामात्र काम गर्न अनुमति रहेको छ । आगामी बर्षदेखि भने सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरु २ बर्षका लागि काम गर्न योग्य हुनसक्ने जनाइएको छ । जसले गर्दा बेलायतमा अध्ययनपछि दीर्घकालिन रोजगारी खोज्न उनीहरुलाई प्रयाप्त समय मिल्नेछ ।

नयाँ नीति अन्तरगत भिसा संख्यामा कुनै सिमाबन्दी हुनेछैन भने बेलायती डिग्री लिनेहरुलाई उनीहरुको क्षमता वा डिग्री लिएको विषय बाहेकका अन्य क्षेत्रमा पनि जागिरका लागि आवेदन दिनमा रोक लगाइनेछैन । नयाँ नीतिको उद्देश्य गणित, विज्ञान प्रविधि र इन्जिनियरिङ लगायतका क्षेत्रमा दक्षहरुलाई रोजगारी दिनुसमेत रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षमात्र युरोपियन युनियनबाहेक बेलायती विश्वविद्यालयबाट ४ लाख ६० हजार विदेशी विद्यार्थीहरु शिक्षित भएका थिए । सरकारको लक्ष्य १० वर्ष भित्र यो संख्या ६ लाख बनाउनु रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com