बजेट कार्यान्वयन शुरु


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

चालु आर्थिक वर्षमा रु ६१ करोड बजेट रहेको मकवानपुरको मनहरि गाउँपालिकाले बजेटको कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र उक्त बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको छ ।

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागार्इंले सबै वडामा उपभोक्ता समिति गठनका लागि पत्राचार गरेको जानकारी दिनुभयो । उपभोक्ता गठनपछि बजेट कार्यान्वयन हुनेछ ।

गाउँपालिकामा अघिल्ला भन्दा यस वर्ष कम योजना बनेको बताइएको छ । उक्त योजना गाउँसभाबाट पारित भइसकेका छन् । गाउँपालिकाबाट उपलब्ध तथ्याङ्कअनुसार वडा नं १ मा २२, २ मा २३, ३ मा ४, ४ मा १२, ५ मा २०, ६ मा १७, ७ मा ३३, ८ मा ३० र ९ मा २९ वटा योजना गाउँसभाबाट पारित भइसकेको छ ।

यसवर्ष गाउँपालिकाले रु ६१ करोडको बजेट योजना निर्माण गरी कार्यान्वयन गरी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशकै ठूलो कृषि थोक बजार बन्ने

कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न तीन तहको सरकारको पहलमा करीब रु ७० करोड लागतमा हेटौँडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार देशभर सरकारले रु ५० करोड भन्दा माथिको लगानीमा नौ वटा कृषि थोक बजार केन्द्र निर्माण गर्दैछ । करीब रु ७० करोडको लागतमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । केन्द्र सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको कृषि थोक बजार केन्द्रको निर्माणमा प्रदेश ३ सरकार र हेटौँडा उपमहानगरपालिकासमेत लागि परेका छन् ।

प्रदेश ३ सरकार कृषि बजारलाई सकेसम्म चाँडो निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन चाहिरहेको बताउनुहुन्छ प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा । उहाँका अनुसार बजार निर्माणको काम दुई वर्षभित्र सम्मन्न भएर सञ्चालनमा आउँनेछ । बजार आधुनिक, हरेक सुविधा सम्पन्न र किसानमैत्री हुने उहाँको भनाइ थियो ।

उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो शुरु गर्न आफ्नो तर्फबाट पहल गरिरहेको र काम अघि बढाउन प्रदेश र सङ्घीय सरकारलाई घचघच्याई रहेको बताइएको छ ।

किसान महासङ्घका केन्द्रीय सदस्य महानन्द सापकोटा बिचौलियाको समस्या समाधानका लागि सरकारको प्रत्यक्ष हस्तक्षेप सहितको तरकारी तथा कृषि उपज थोक बजार केन्द्र आवश्यक रहेको बताउनुहुन्छ । सरकारले सिँचाइ र दक्ष कृषि प्राविधिक परिचालन गरेर उत्पानदमा जोड दिनुको साथै उत्पादित कृषि उपजको उचित मूल्य आउनेगरी बजारीकरण गर्नुपर्ने उहाँको भनाइ छ । “किसानसँग रु १५ मा किनेर ५० मा बेच्ने हाल सञ्चालन भइरहेका जस्ता किसानमारा तरकारी थोक बजार केन्द्रको आवश्यकता छैन ” उहाँले भन्नुभयो ।

हेटौँडा, ११ स्थित बजार केन्द्र निर्माणस्थलको सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री खनाल र प्रदेश ३ का कृषिमन्त्री लामालगायत कृषि विज्ञको टोलीले केही दिनअघि अवलोकन समेत गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com