मौसमी ज्वरोका बिरामी बढे


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ ।

भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताउनुुभयो । अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना मौसमी ज्वरोको बिरामी आउने गरेका छन् ।

“जिल्ला अस्पताल सल्यानमा सामान्य अवस्थामा तीनदेखि पाँच जना ज्वारोका बिरामी आउँछन्, तर केही दिनदेखि ३० देखि ४० जना बिरामीहरु आउन थालेका छन्”, डा शर्माले भन्नुभयो, “मौसमी ज्वरो तथा रुघाखोकी सरुवा रोग भएकाले एकअर्कामा छिटै सर्ने भएकाले बिरामी बढेको हुन सक्छ ।”

अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा शर्माको भनाइ छ । “अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा मौसमी ज्वरोको बिरामीको चाप बढेको छ, स्थानीय तहका स्वास्थ्य संस्थाले सिफारिश गरेका बिरामीको सङ्ख्या पनि बढेको छ”, डा शर्माले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकाशंको जिल्ला अस्पतालमै उपचार गरिएको छ, यहाँ उपचार सम्भव नभएकालाई भने सिफारिश गरिएको छ”, डा शर्माले भन्नुभयो । भाइरल ज्वरो तथा रुघाखोकी पाँचदेखि सात दिनमा आफँै निको हुने भए पनि कहिलेकाहीँ जोखिमसमेत हुनसक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधि रहेको अस्पतालले जनाएको छ । भाइरल ज्वरोबाट बच्न खानपिन तथा सरसफाइमा ध्यान दिनुपर्ने, हात नमिलाउने तातोपानी पिउनुपर्ने चिकित्सकको सुझाव छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com