हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या ः डब्लु एच ओ


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

जेनेभा, २३ भदौ (रासस-एएफपी) ः संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।

प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिएको छ ।

विषेशगरी युद्व, हत्या, स्तन क्यान्सरलगायतका कारण मृत्युका मुख्य कारण रहेको डब्लुएचओले सोमबार जनाएको छ ।

पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ ।

तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

“प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ,” डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भन्नुभयो ।

उहाँले हरेक मृत्यु मृतकका परिवारजन, साथी र सहपाठीहरुका लागि पिडादायक हुने गरेको उल्लेख गर्नुभयो । तर आत्महत्या दर कम भएका मुलुकमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सवैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ ।

तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।

संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ बर्षको अवधिमा छ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन् ।

“तपाई हामी सवैलाई थाहा छ कि अमेरिका र यस क्षेत्रमा आत्महत्याका घटना धेरै हुनुमा बन्दुक नै मुख्य कारण हो,” डब्लुएचओको मानसिक स्वास्थ्य विभागका एक अधिकारीले पत्रकारहरूसँग भने ।

उनीहरुका अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपायहरु सिक्नु पर्ने देखिन्छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com