लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

बेइजिङ, २३ भदौ (रासस-सिन्ह्वा) ः चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् ।

लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

झण्डै १३ बर्षपछि चिलिन, हेइलोङच्याङ र झेच्याङ प्रान्तका जनता आँधीका कारण विस्थापित हुन बाध्य भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती प्रान्तका झण्डै २८ हजार स्थानीय बासिन्दा विस्थापित भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ४६० भन्दा बढी घर पनि असर परेको छ ।

त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com