श्रीलंकाकाे राष्ट्रपतिय चुनाव, कस्ले मार्ला त बाजी ।


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

यहि २०१९ काे अन्त्यमा हुने राष्ट्रपतिय निर्वाचनकाे लागी श्रीलंकामा चुनावी सगर्मि तात्न थालेकाे छ । पुर्व राष्ट्रपति महिन्दा राजपाक्षेकाे पार्टि श्रीलंका पाेदुजना पेरामुना ( यसएलपीपी) ले अाफ्नाे उम्मेदवारकाे रुपमा अाफ्नै भाई गाेटावाए राजपाक्षेकाे नाम घाेषणा गरेपछि यहाँका चियापसलहरुमा चुनावकाे भविष्यवाणीहरु सुरु हुन थालेका छन् ।

श्रीलंकन सरकार र तामिल टाईगर विद्राेहि बीच ३ दशककाे गृहयुद्ध अन्त्यकाे श्रेय पनि यी राजपाश्रे दाईभाईले पाउने गरेका छन् । दाई राष्ट्रपति हुँदा भाई गाेटावाएले रक्षा सचिवकाे रुपमा युद्ध अन्त्य गर्न महत्वपुर्ण याेगदान गरेका थिए भलै उनलाई युद्धकाे अन्त्यतिर व्यापक रुपमा मानव अधिकार हनन गरेकाे अाराेप पनि लाग्ने गरेकाे छ ।

उनी बहुसंख्यक सिंघाला समुदायकाे माझ लाेकप्रिय छन् । उनकाे प्रतिस्पर्धीकाे रुपमा हालकाे सत्तासिन पार्टि युनाईटेड नेसन्स पार्टि (यु.एन.पी )का तर्फबाट प्रधानमन्त्री रनिल विक्रमासिङ्गे र उप-नेता सजिथ प्रेमदसा मध्य एक उम्मेद्वार हुने राजनितीक वृतमा चर्चा छ । यीनमध्य सजिथ प्रेमदसाकाे प्रवल संम्भावना रहेकाे यहाँका राजनितीक जानकार बताउछन् ।

हालका प्रधानमन्त्री रनिल विक्रमासिङ्गे जनतामाझ अलाेप्रिय हुँदै गएकाे र चुनाव जित्न स्वच्छ छविकाे व्यक्ति उम्मेदवार हुनपर्ने विचार प्रकट भईरहँदा युएनपीबाट उम्मेदवारकाे रुपमा सजिथकाे संम्भावना बलियाे देखिएकाे हाे ।सजिथ हाल विक्रमासिङ्गेले नेतृत्व गरेकाे मन्त्रिपरिषदमा मन्त्रीकाे रुपमा छन्।

राजनितीक विरासतबाट अाएका उनी श्रिलंकाका पुर्वराष्ट्रपति रनसिङ्गे प्रेमदसाका छाेरा हुन् । उनकाे पिता पछि कुनै पनि युएनपीका उम्मेदवारले राष्ट्रपतिय चुनाव जित्न सकेका छैनन् , त्यसैले पनि पिताकाे उत्तराधिकारीका रुपमा सजिथलाई हेरिएकाे छ । हालका राष्ट्रपति मैत्रिपाला सिरीसेना भने यसपाली चुनावमा उम्मेदवारी नदिने मनस्थितीमा रहेकाे बुझ्न सकिन्छ ।

धेरै समय पुर्वराष्ट्रपति महिन्दा राजपाक्षेकाे नजिक रहेर काम गरेका उनले अन्तिम समयमा राजपाक्षेकाे विरुद्धमा उम्मेद्वारी दिएका थिए । त्यसबेला उनलाई विपक्षी युएनपी ,तामिल राष्ट्रिय गठबन्धन लगाएतका अरु साना पार्टिहरुले समर्थन गरेका थिए ।

यसपाली उनले उम्मेदवारी दिएपनि जनतामाझ लाेकप्रिय हुन नसकेका कारणले जित्ने सम्भावना निकै कम छ । अार्का उम्मेदवारका रुपमा श्रीलंकाकाे क्रान्तिकारी पार्टिकाे रुपमा चिनिँदै अाएकाे जनता विमुक्ति पेरामुनाले (जेभिपी) पनि २० वर्षपछि राष्ट्रपतिमा अाफ्नाे उम्मेद्ववारी दिने घाेषणा गरेकाे छ ।जेभिपी श्रीलंकन संसदमा चाैथाे ठुलाे दल हाे ।

जेभिपीबाट त्यस पार्टिका नेता अनुरा कुमारा दसनाईके उम्मेदवारकाे रुपमा अाएका छन् ।क्रान्तिकारी विध्यार्थीहरुमाझ लाेकप्रिय यसपार्टि अाम जनतासामुभने खासै लाेकप्रिय छैन ।नेता अनुरा कुमारा दसनाईके संसदमा गरेका सम्बाेधहरुका कारण चर्चामा रहने गरेका छन् । अन्तिम समयसम्म केहि राजनितीक सहमति भएनभने यसपाली तीनजना प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा यहाँ सुन्न पाईन्छ ।
बहुसङ्ख्यक सिंघाला समुदायकाे भाेट एकअर्का बीच बाडिने हुँदा चुनावकाे नतिजा श्रीलंकाकाे उत्तरी भागमा बस्ने अल्पसंङ्ख्यक तामील समुदायकाे भाेटमा निर्भर हुने अनुमान लगाईएकाे छ ।
श्रीलंकन संसदकाे तेस्राे ठुलाे पार्टिकाे रुपमा रहेकाे तामील राष्ट्रिय गठबन्धनले कस्लाई समर्थन गर्ने खुलाईसकेकाे छैन तर श्रीलंकन गृहयुद्धकाे अग्रमाेर्चामा रहेर विद्राेहि समुह तामिल टाईगरलाई निस्तेज पार्न लागिपरेका गेटावाए राजपाश्रेलाई समर्थन गर्ने संभावना एकदमै न्युन छ ।
चुनाव जित्न सक्ने उम्मेदवारलाई समर्थन गर्न पर्ने हँदा युएनपीका उम्मेदवारलाई तामील गठबन्धनकाे समर्थन हुने संम्भावना छ । श्रीलंकामा राष्ट्रपतिय चुनाव यहि डिसेम्बर ८ भित्र गरिसक्न पर्ने प्रमुख निर्वाचन अायुक्तले बताएका छन् ।

(सोर्स : निशान घिमिरे)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com