एटिएम मेसिनभित्र घुसेर मुसाको चत्रिकला ,१२ लाख रुपैयाँ टुक्रा–टुक्रा


प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार

एजेन्सी / एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् ।

बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक भएको उक्त भिडियोमा मुसाहरुको समूहले एटीएममा घुसेर लाखौँ रुपैयाँ काटेको देखाइएको छ ।

यो घटना भारतको पूर्वोत्तर राज्य आसामको तिनसुकियाको रहेको छ । जहाँ एउटा एटीएम बिग्रेपछि जाँच गर्न खटाइएका प्राविधिकहरूले उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आसामको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को एटीएममा मुसाहरुको समूहले काटेको १२ लाख भन्दा बढी भारु नोटहरु टुक्रा–टुक्रा अवस्थामा भेटिएका थिए ।एटीएममा सबै नोटहरु २ हजार र ५ सय दरका रहेका थिए ।

उक्त एटीएम प्राविधिक खराबीका कारण २० मे देखि बन्द थियो भने भने ११ जुनमा प्राविधिकहरु जब एटीएम मेसिन बनाउन पुगे तब मात्र त्यहाँ भएको सबै नोटहरु काटिएको अवस्थामा फेला परेका थिए ।एसबीआई बैंकका अधिकारीहरुका अनुसार १२ लाख ३८ हजार भारु नोटहरु नष्ट भएका छन् । त्यहाँ केबल १७ लाख मूल्यका नोटहरु मात्र सकूशल पाइएको बताइएको छ ।

१९ मे मा २९ लाख रुपैयाँ जम्मा गरिएको बताइएको छ ।तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ ।मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन् । त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com