Follow @khasokhasmag

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत बिवरण राख्दछन् ।

दार्मा गाउँपालिकाका–१ स्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो ।

यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com