पाल्पामा डेङ्गुका बिरामी थपिदैँ


प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार

पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तराईलगायतका अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट सङ्क्रमण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो । “पाल्पा जिल्लाभित्रै डेङ्गु रोग देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै सङ्क्रमण भएको पाइएको छ, जिल्लाभित्रै रोगको सङ्क्रमण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सङ्क्रमित बिरामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ । गत वर्षको भदौमा जिल्लामा सात बिरामी भेटिएका थिए । यो रोग एडिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाँडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेङ्गु रोग लाग्नबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेङ्गु रोगका लक्षण हुन् । डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी क्षेत्रमा देखापर्ने डेङ्गु रोग पाल्पामा पहिले खासै देखिएको थिएन । पछिल्लो समय विस्तारै जिल्लामा डेङ्गुको सङ्क्रमण देखा पर्न थालेको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com