‘जस्तो काम उस्तै फल’को सन्देश दिने अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमा


प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार

अमेरिकामा निर्मित अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।  यो सर्टमुभीले ग्लोबल फिल्म फेस्टिवलमा उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट सिनेमेटोग्राफर र उत्कृष्ट रंग संयोजन लगायतका विधामा अवार्ड जितेको थियो ।

सर्टमुभी झण्डै १० मिनेट  ५४ सेकेण्ड लामो रहेको छ ।

 

कर्मामा लिड रोलमा अमेरिका निवासी युवा नयनराज पाण्डे रहेका छन् , उनले अमेरिकाको टेक्सासबाट आर्टमा एसोसिएट पूरा गरिसकेका छन् भने आगामी जनवरीदेखि ब्याचलर अध्ययनको तयारीमा छन् ।

पाण्डेले यसअगाडि पनि ‘भोलि देखि छोडिदिन्छु’ लगायतका सर्टमुभीमा अभिनय गरेका थिए । जुन युट्युबमा झण्डै साढे ६ लाख पटक हेरिएको थियो ।

 

कर्मामा गणेश उप्रेती, एलिसिया राय अण्डरउड, प्रकाश शर्मा, सुमित पाण्डे, प्रशान्त उप्रेती, रेबेकाह बु्रक्स, रिचार्ड डक र प्रविश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको सम्पादन र रंग संयोजन सुरेन्द्रमान सिंहले गरेका हुन् ।

केदार उप्रेतीको निर्माण र निर्देशन रहेको सर्टमुभी ६ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । जसले आफ्नो ड्रामा बनाउँछ, त्यो नै आफ्नो कर्माका लागि योग्य हुन्छ भन्ने मर्मसहित सर्टमुभी निर्माण गरिएको हो ।

यो सर्टमुभी १८ बर्षभन्दा कम उमेरकाहरुले बुबाआमा वा अभिभावकको साथमा हेर्ने गरी सिमाबन्दी कायम गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com