राष्ट्रिय शिक्षा नीति चाँडै ल्याइने


प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको सार्वजनिक शिक्षाका लागि छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले नीति आएपछि सङ्घीय शिक्षा ऐन निर्माणको प्रक्रियाले मूर्तरुप पाउने बताउनुभयो । आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । संविधानतः शिक्षाको नैसर्गिक अधिकार कार्यान्वयनका लागि सार्वजनिक शिक्षाको सवलीकरणलाई मुख्य प्राथमिकता दिएर सरकारले नीति र कार्यक्रम तर्जुमा गर्ने जनाउँदै उहाँले भन्नुभयो, “सार्वजनिक शिक्षाको गुणस्तरका लागि सबैको पहल हुन आवश्यक छ । भएको बजेटको सही सदुपयोग हुनुपर्छ । शिक्षकले बदलिँदो परिस्थितिमा आफूलाई ढाल्नुपर्छ ।”

नेपाली काङ्ग्रेसका नेता गगन थापाले सरकार र प्रमुख पार्टीका शीर्ष नेताले शिक्षालाई प्राथमिकता दिएर सार्वजनिक शिक्षालाई सवलीकरणमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले कमजोर सिकाइ उपलब्धि र बढ्दो कक्षा छाड्ने प्रवृत्ति चिन्ताजनक रहेको जनाउनुभयो । शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा देखिएको ‘क्यान्सर’ रोगको उपचार गर्न ढिलो भइसकेको उल्लेख गर्नुभयो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षामा दलीय राजनीति अन्त्य गरी गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

मानवअधिकारकर्मी गौरी प्रधानले कक्षा छाड्ने प्रवृत्ति चिन्ताजनक भएकाले शिक्षामा कार्यरत नागरिक संस्थाले शैक्षिक रुपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईका अनुसार सम्मेलनमा शिक्षामा सुशासन र लगानीका विषयमा विज्ञले प्रस्तुत गर्ने कार्यपत्रमा छलफल हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक शिक्षाको रुपान्तरणका लागि काठमाडौँ घोषणापत्र जारी गर्नाका साथै एनसिइ नेपालको नयाँ कार्यसमिति चयनसमेत गर्नेछ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com