मिस नेपाल युएस अक्टोबर १२ मा, कोरियोग्राफर मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

मिस नेपाल युएस आगामी अक्टोबर १२ मा नेब्रास्कामा हुने भएको छ । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा मिस नेपाल युएसको सातौं संस्करण हुन लागेको हो ।

अमेरिकामा रहेका १९ देखी २९ बर्ष उमेर समुहका नेपाली युवतीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । आवेदन खुल्ला भएकाले इच्छुकलाई सहभागिता जनाउन आयोजकले आग्रह गरेका छन् । सहभागी हुन चाहनेले सेप्टेम्बर २२ सम्म आवेदन दिन पाउँछन् ।

सौन्दर्य प्रतियोगितालाई बिगतका बर्षहरु भन्दा अझै बढी प्रभावकारी र स्तरिय बनाउने प्रयास जारी रहेको आयोजकको भनाई छ । मिस नेपाल युएसको सातौं संस्करणको कोरियोग्राफी मिस नेपाल युनिभर्स २०१७ बिजेता नग्मा श्रेष्ठले गर्ने भएकी छिन् । साथै फाइनल चरणका लागि कार्यक्रम उदघोषण पनि उनले गर्नेछिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नग्माले सन् २०१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनि उत्कृष्ट ८ मा पुगेकी थिइन् । यस्तै उनि २०१६ मा चिनमा भएको प्रतिस्पर्धामा थर्ड रनर वल्ड मिस युनिभर्सको उपाधि समेत जितेकी थिइन् ।

यस्तै नग्माले वेष्ट टुरिजम भिडियो अवार्ड प्राप्त गरेकी थिइन् भने इजिप्टमा भएको मिस इको यूनिभर्स २०१६ मा समेत सहभागिता जनाएकी थिइन् । सन् २००९ देखी उनी इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा छिन् । साथै उनी प्रतिभावान कार्यक्रम निर्माता तथा प्रस्तोताको रुपमा चिनिन्छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com