फेसबुक चलाउने नेपालीलाई २० टीप्स


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

-प्रदीप परियार थापा मगर

सामाजिक सञ्जालमा आफ्नो या अरुको फोटो, बिचार, रचना, समाचार प्रकाशन, शेयर र ट्याग गर्दा साथै अपरिचित व्यक्तिसँग मित्रता कायम गर्दा पुर्याउनु पर्ने सावधानीबारे गोल्डन रुल अफ सोसल नेटवोर्किङ टिप्स यहाँ प्रस्तुत गरिएकोछ ।

१ स्टाटस प्रोफाईल : तपाईको स्टाटस पोस्ट तपाईको असली व्यक्तित्व र सिद्धान्त झल्किने साधन बनाउनुहोस् । फेसबुक लगायत समाजिक सन्जाल वेवसाईटहरुमा खोलिएको तपाईको प्रोफाईल एकाउण्ट तपाईको डिजिटल भर्चुअल घर हो, जहाँ तपाईले आफ्नो अनलाईन प्रोफाईल घर र व्यक्तित्व निर्माण गर्नु हुन्छ । तपाईको दिनचर्या बिहानदेखि बेलुकीसम्म र मध्यरात पछि निद्रा नलागेर छटपटी हुँदासम्मको दिनको १०, २० वटा स्टाटस पोस्ट नगर्नुहोस् । तपाईका यी स्टाटस पोस्ट बाहेक पनि एक निजी जिन्दगी नि छ नी हौ । तपाईको पार्टनरसँग फेसबुक र अन्य सोसल मिडिया एकाउण्ट एउटै नबनाई अलग अलग बनाउनुहोस् । किनकी तपाईको आआफ्नो व्यक्तित्व, अरू नै नातागोता, साथीसंगी हुन्छन् अनि तपाईसँग कनेक्ट गर्न चाहन्छन्, न कि तपाईको सन्क्याहा र शंकालु पार्टनरसँग ।

२ प्लेजराईज : अर्काको घतलाग्दा भनाई, उक्ति, रचना, समाचार, फोटो, गीतसंगीत, भिडियो पोस्ट गर्नु हुन्छ भने कपिईड भनेर उक्त व्यक्तिरसंस्थाको नाम, श्रोत उल्लेख गरेर मात्र पोस्ट गर्नुहोस् नत्र प्लेजराईज (रचना चोरी) को मुद्दा खेप्नु पर्ला । या सन्जालमै बेईज्जत होला । सोच्नुस्, तपाईले खिचेको सुन्दर फूलको तस्वीर अर्कोले आफूले खिचेको भनेर पोस्ट गर्यो भने या तपाईको मर्मस्पर्सी मुक्तक कसैले तपाइको नामै उल्लेख नगरी आफ्नो वालमा पोस्ट गरेको पाउनु भयो भने तपाइले कस्तो महशुस गर्नुहुन्छ ?

३, चोरको दशैं : कुनै सुखद यात्रा या समारोहमा घरबाट निस्कन लाग्नु भएको छ भने अब घुमघाममा सपरिवार निस्कन आँटेको भन्दै आफ्नो स्टाटसमा लेख्नु अघि ख्याल गर्नुहोस् । अझ घरमा ताल्चा मारेर दुईचार दिन या दुईचार हप्ताको लागि सपरिवार यात्रामा निस्कनु लाग्नु भएको छ भने स्टाटस पोस्ट नगरेकै बेश । चोरको दशैं हुन नदिनुहोस । तपाईको प्रोफाईल पब्लिक हो भने जो कोहीले पनि हेर्नु सक्छ । कि प्रोफाईल आफ्नो साथीहरुले मात्र सर्च र हेर्न मिल्ने बनाउनुहोस् ।

४, ह्यापी बर्थ डे : फेसबुकमा बनेका साथीहरु सबै बाहिर पहिले देखिनै चिनेका मित्र आफन्तजन हुन्छन् भन्ने छैन । आफूले मन पर्ने लेखक, कलाकार, नेता, पत्रकार, व्यावसायी या साथीका पनि साथी हुन सक्छन् । ति सबैलाई बर्ड डेको शुभकामना उनीहरुको स्टेटस पोस्टमा व्यक्त गर्न कन्जुस्याई नगर्नुहोस् । कि साथीनै नबन्नुहोस् बरु । नजिकबाट चिने जानेको मित्रलाई भेटेर, सँगै जन्म दिवस भोज खाएर, फोन या मेसेजमा शुभकामना दिए पनि उसको वालमा पनि बर्थ डेको शुभकामना दिएर हार्दिकता देखाउनुहोस् । ह्यापी बर्थ डेलाई लेख्दा संक्षेपिकरण एचबिडी प्रयोग नगरेकै राम्रो ।

५, गुड ओल्ड फ्यासन रुल : आफ्नो परिवार या आफन्तमा सुखद या अत्यन्त दुखद घटना घटेको छ भने पहिले परिवार र आफन्तजनलाई गुड ओल्ड फ्यासन (पुरानै आत्मीय माध्यम) बाट पहिले सम्पर्क गरेर खबर गर्नुहोस्, न कि फेसबुक या सोसल मिडिया पोस्टबाट तपाईको प्रियजनको सुखद या दुखद खबर आफ्नै आमाबाबा, दाजूभाई, दिदिबहिनी या ईस्टमित्रले थाहा पाउनु परोस् ।

६, रिप या लाईक : कसैको निधन भएको छ या कुनै दुखद घटना घटेको छ भने भुलेर पनि लाईक नठोक्नुस् । हामी त कसैको मृत्यूको खबर को फोटो सहितको पोस्टमा लाईक हान्छौं । लाईकको मतलब त मन पराएको हो नि । हैट, मरेर ठीक गरेउ, स्यावास भन्नु त भएनी लौ । शोक व्यक्त गर्दा रेस्ट ईन पिसलाई संक्षेपिकरण गरेर आरआईपी भनेर भन्नु भन्दा त्यसैलाई पुरा शब्दमा या सान्त्वनाका आफ्ना निजी भावनाहरु व्यक्त गर्नुहोस् । ताकी जसलाई त्यो बिपद परेको छ उसले तपाईका औपचारिकता र लोकेचारका शब्दभन्दा प्रेरणा र सान्त्वनाका दुई शब्दहरु पढेर कम्फर्ट फिल गर्नु सकोस् । आफन्त, साथीभाईको निधन भयो भने उनीहरूको बेष्ट टाईमको राम्रो फोटो खोजेर पोष्ट गर्नुहोस् न कि झण्डै भूत बनेर मर्न लाग्दाको तस्विर । कसैको मृत्यू पछि उसको गुणकारी व्यक्तित्वको चर्चा गरौं, सुन्दर अनुहार सम्झेर दंग र वाह परौं अनि गर्व गर्न सकौं र हामी पनि प्रेरणा लिउँ ।

७, गालीबेईज्जत : तपाईको स्टाटसमा अरु कसैलाई बिनाप्रमाण गालीबेईजति नगर्नुहोस् । आफ्नो रिस स्टाटसमा नपोख्नुहोस् । तपाई अब मिजासिलोबाट सन्क्याहामा गनिन सेकेण्ड लाग्दैन । कि गाली बेईजती गर्न प्रमाणै भएपनि गालीबेईजतिको मुद्दा खेप्न तयार हुनुहोस् । हैन भने आफ्नो डिजिटल फुटप्रिन्टमा अर्काको मानमर्दन गरेर नछोड्नुहोस ।

८, बालबच्चाको तस्वीरः अरुको बालबच्चाको तस्वीरहरु पोस्ट गर्दा आमाबाबुबाट अनुमती लिनुहोस् । आफ्ना साना छोराछोरीहरुको तस्वीरहरु पनि जातिबिधी, जस्तो पनि पोस्ट नगर्नुहोस् । पेडोफाईल या चाईल्ड पोर्नोग्राफी गर्ने व्यक्तीले दुरुपयोग गर्न सक्छ । यस्ता फोटो, भिडियोहरु पोस्ट गर्दा साथीहरुले मात्र हेर्न मिल्ने बनाउन सक्नुहुन्छ ।

९, विज्ञापन : गाड़ी किन्नु भो भने सोसल मिडियामा विज्ञापन नगर्नुहोस् । नेपालाँ भए पजेरो करोड नै क्यास तिर्नु पर्छ र पो शोअफ गर्दा भो । अमेरिकामा त मिनिमम् डाउन पेमा लिजमा लिएको कारलाई आफ्नो यतिका वर्षसम्म कमाको व्यक्तित्वसंगै पोष्ट नगर्नुहोस् । नेपालाँ भाका जोरीपारीलाई सेखी झार्न गर्नु भाको हो भने चैं एक पटकलाई आफैलेआफैलाई माफी दिनुस् ।

१०, भाईरस स्पाम : होशियार हुनुहोस्, भाईरस स्पाम गरिएको भिडियो र लिङ्कहरु नखोल्नुहोस् । फेसबुकको मेसेजमा अहिले एक साथीले अर्को साथीलाई त्यो साथीको प्रोफाईल फोटो भएको यूट्यूब भिडियो भन्दै झण्डै १० लाख लाईक आएको देखाईएको लिङ्क आउने गरेको छ । यस्ता झुठा स्पाम लिङ्कमा क्लिक गर्दै जाँदा स्पामरले तपाईको स्मार्टफोन या कम्प्यूटरको सेन्सिटिभ सुचनाहरु ह्याक गरेर चोरी गर्न सक्छ ।

११, ट्रोलिङ : यदी कसैले कुनै मन्दिर, देविको फोटो राखेर या कुनै मन्त्र लेखेरे लाईक गर्नुहोस या अरु दशबीस जनालाई शेयर गर्नुहोस् केही घण्टा भित्र तपाईको फलिफाप हुन्छ या खुशीको खबर सुन्नुहुन्छ या उसलाई पनि रिप्लाई गर्नुहोस् भनेर चेन मेसेज ट्रोलिङ पठाउने या पोस्ट गरेको छ भने मतलब नराख्नुहोस् । उसले तपाईको धार्मिक आस्थामा खेलवाड गरेको हो । तपाई त्यस्तो लुनाटिक फण्डामेण्टलिस्टको ईन्द्राजालमा नफँस्नुहोस् ।

१२, फ्रेण्ड रिक्वेस्ट : अपरिचित, बिशेश गरी सुन्दर अर्ध नग्न केटीबाट फ्रेण्ड रिक्वेस्ट आएको छ भने साथी नबन्नुहोस । तपाईलाई साथीको नाउँमा भिडियोमा साईबर सेक्स गर्न भड्काउने स्क्याम योजना हो । आफू कम्प्यूटरको वेब क्याम या फोनको सेल्फी क्यामेरामा नाँगिएर भिडियो च्याट गरेको केहि मिनेटमै त्यो भिडियो तपाईका साथीहरुलाई पठाईनेछ र यूट्यूबमा राख्ने धम्की दिएर सेक्सटोर्सन पैसा असुल गर्ने प्रयास गरिने छ । अमेरिकामा रहेका ४ जना नेपाली पुरुषहरुको साईबर सेक्स गरेको भिडियोबाट ब्ल्याक्मेल भएको घटना छ ।

१३, असली साथी : आईआरएल यानेकी ईन लियल लाईफको साथीको प्रोफाईल फोटोमा लाईक मात्र होईन कमेण्ट पनि गर्नुहोस् । ताकी उसलाई थाहा होस् कि तपाईले खयाल राख्नुहुन्छ । साथीको साथीबाट बनेको फेसबुके साथी तर कहिल्यै प्रत्यक्ष नभेटेकोसँग चैं लाईक मै सिमित रहेको बेश ।

१४, ट्यागिङ : आफ्नो फोटो, लेख रचना, भिडियो पोस्ट अरुलाई ट्याग गर्दा ति कुराहरु साथीसँग सम्बन्धीत छन् कि छैनन् रुचीका विषय हुन् कि हैनन् सोंचेर मात्र ट्याग गर्नुहोस् । कसैले आफूलाई अन्ट्याग गरेको छ भने बुझ्नुहोस् कि उसलाई त्यो ट्याग गरेको फोटो या पोस्ट मन परेनछ । फेरी ट्याग नगर्नुहोस् ।

१५, साथीको तस्विर : साथीहरुसँग फोटोहरु खिच्नु भएको छ भने फेसबुकले साथीहरुलाई अटोट्याग गरिदिन्छ तर फोटोहरुमा आफू मात्र राम्रो पोज भएको भनेर साथीले मुख बंग्याएको, नाक कोट्याएको, भूँडी भ्याट्ट देखिएको, या आँखा चिम्म गरेको फोटो छ भने त्यो फोटो पोस्ट नगर्नुहोस् । क्यामेरामा भए भरको सबै फोटो फेसबुकमा पोस्ट नगर्नुहोस । एउटा ईभेण्टको ५ वटा चुनिएका फोटो पोस्ट बेस्ट हुन्छ । किनकी ति सबै पोस्टमा एकै चोटी देखिन्छन् ।

१६, ईनिम्तो : कार्यक्रमको निम्तो फेसबुक ईभेण्ट ईन्भाईट आएको छ भने गोइङ या नट गोइङ जनाउ दिने बानी बसाल्नुहोस् । न्युयोर्कको कार्यक्रममा काठमाण्डौंको साथीले साथीलाई खुशी पार्नको लागि मात्र गोइङ बटन नठोक्नुहोस । फेसबुक ईभेण्ट बनाउनेले पनि न्युयोर्कको कार्यक्रम हो भने न्युयोर्क र वरीपरीका साथीहरुलाई निम्रो लिस्टमा सामेल गर्नुहोस् ताकी ईभेण्ट ईन्भाईटेसनको प्रभावकारिता बढ्दै जाओस् ।

१७, घर झगडा : आफ्नो पारिवारिक सम्बन्ध चाहे श्रीमान् श्रीमति या परिवारका अन्यसँग भएको घर झगडा होस् फेसबुक स्टाटसमा छताछुल्ल पारी रमिता नदेखाउनुहोस् । त्यो स्टाटसमा कमेण्ट गर्नुभन्दा फोन गरेरै या भेटेरै साथीलाई सान्त्वना दिनुहोस् या सम्झाउनुहोस् ।

१८, हायर कि फायर : अचेल तपाईको लिन्क्डइन प्रोफाईल मात्र होईन तपाईको फेसबुक प्रोफाईल हेरेर पनि हायर, प्रोमोसन र फायर गरिन सक्छ । आफ्नो काम या बोसको बारेमा रिस उठको छ भने त स्टाटसमा लेख्दै नलेख्नुहोस् । बोससँग साथी नभए पनि तपाईको पोस्ट पब्लिक हो भने जो कोहीले हेर्नु सक्छ र भोली बिहानै नोकरीबाट बोसले फायर गरेमा नपछुताउनु होला । अचेल कम्पनीहरुले डेडिकेटेड सोसल मिडिया स्टाफै राख्छन् नि कम्पनीको अनलाईन ईमेज सुधार्न र नकारात्मक रिभ्यूलाई हटाउन या कम गर्न ।

१९, कमेण्ट गर्दा सालिनता : साथीको पोस्टमा कमेण्ट गर्दा या आफ्नो स्टाटस पोस्ट गर्दा आफू अरुप्रति मर्यादित भएर गरौं । बिमती छ भने पनि तर्कसंगत र शालिनतापूर्वक बिरोध या असहमती जनाउँ । या नचिन्ने गाउँको बाटै नोसोधौं ।

२०, कति समय दिने : फेसबुक या अन्य सामाजिक सन्जाल साईटहरुमा दैनिक केहि मिनेट या एकआध घण्टा समय बिताउँदा फाईदै फाईदा छ तर दिनरात त्यसमै समय दिनु भएको छ भने चैं आफैले आफैलाई चिमोट्नुहोस् । धेरै खायो भने चिनी पनि तीतो हुन्छ रे क्या । श्लोकै छ नि, अति सर्वत्र वर्जयते ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com