टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ बर्षीय यूवक रहेको प्रहरीद्वारा पुष्टि


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

ह्युस्टन, संयुक्त राज्य अमेरिका, १६ भदौ (रासस-सिन्ह्वा)

शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ ।

सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।

दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो । प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भन्नुभयो । घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com