न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा सरुवा कार्कीलाई दिएन अमेरिकाले भिसा


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा वाणिज्यदूतका रुपमा सरुवा भएका जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको खुलासा भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका शाखा अधिकृत जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा नदिएको जनाइएको छ ।

कार्कीलाई कुटनितिक राहदानीमा समेत भिषा दिन अस्विकार गरेपछि न्युयोर्कको महावाणिज्यदूतावासमा वाणिज्यदूतको पद झण्डै दुईमहिनादेखि रिक्त रहेको छ । यसअगाडि उक्त पदमा शाखा अधिकृत कृसु क्षेत्री कार्यरत रहेका थिए ।

कार्की नासु हुंदा वासिङटनस्थित नेपाली दूतावासमा कार्यरत रहेका थिए । कार्कीका परिवारका सदस्यले टिपिएसमा आवेदन दिएका कारण उनको भिषा अस्विकृत हुनसक्ने जनाइएपनि भिसा अस्वीकृत हुनुको कारण खुलेको छैन ।

अमेरिकाको भिसा नपाएपछि कार्कीले अमेरिका बाहेक अरु देशमा जानको लागी पहल गरिरहेको जनाइएको छ । हाल कार्की परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com