आँप जोडी रहनेछौं : पल शाह


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

नायक पल शाह र नायिका आँचल शर्मा प्रेम जोडीको रुपमा परिचित छन् । उनीहरुले प्रेममा रहेको कुरा नस्विकारे पनि प्रेममा रहेको चर्चा भने लामो समय देखि चलिरहेको थियो । अहिले अर्कै खाले चर्चा छ, आँचलले पललाई धोका दियो ।

आँचल अहिले उदिप श्रेष्ठको प्रेममा रहेकी छिन् । उनी उदिपको प्रेममा रहेको खबर सार्वजनिक भएसँगै आँचललाई फ्यानहरुले निकै गाली गरिरहेका छन् । उनलाई गाली आएपछि पलले आँचललाई गाली नगर्न आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका छन्, ‘मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ ।

आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौं । सबै अफबाह थियो । केहि दिन देखि सामाजिक सञ्जालहरुमा आँचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनु होला ।

उहाँको नयाँ जीवनको खबरलाई मसंग जोडेर सामाजिक सञ्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !!
आँप जोडी थियौ छौ रहनेछौ ! अन्तमा उहाँको आफ्नो जीवनबारे विषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभ चिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com