वृद्धबृद्धा र विरामीलाई निशुल्क ट्याक्सी चढाउदै पोखराका ट्याक्सीचालक घले


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ । ट्याक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । भाडा बुझाउन खोज्छन् तर ती ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका वृद्धवृद्धा घलेको वरिपरि झुम्मिन्छन् र आशिष दिन्छन् ।

सेबा गर्नलाई धन होइन मन चाहिन्छ भन्ने उदाहरणीय काम गरेका छन् पोखराका चेत बहादुर आलेले । उनले निशुल्क टयाक्सी चढाउँछन् भन्ने सुन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ ।

चेत आलेले दुखी वृद्धबृद्धा र विरामीलाई निशुल्क ट्याक्सी चढाउँछन् । साच्चीकै सेवा गर्नलाई धन होइन मन चाहिन्छ भन्ने उदाहरण बनेका छन् चेत बहादुर आले ।

ट्याक्सीबाहेक अर्को आम्दानीको स्रोत नभएका यिनलाई किन समाज सेवाको यत्रो रहर जाग्यो होला ?

‘धनसम्पत्ति धेरै भएर होइन,’ उनी भन्छन् – ‘मन्दिरमा गएर पूजा गरेर पैसा चढाउनुभन्दा यसरी धर्म हुन्छ जस्तो लागेर ।’

उनले थप भने ‘वृद्धवृद्धालाई स्याहार गर्दा आफ्नै बाआमालाई स्याहार गरेजस्तो लाग्छ, बूढाबूढीले आशिर्वाद दिँदा आँत हरर हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com