यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

सिन्ह्वा/ यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये १५ जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको कोहिस्तानका जिल्ला प्रहरी अधिकृत राजा अब्दुल साबुरले सिन्ह्वालाई जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला सदरमुकामदेखि निकै दुर्गम क्षेत्रमा पर्ने ठाँउमा शुक्रबार राती दुर्घटना भएको हो । प्रहरीलाई भने धेरै ढिला मात्रै थाहा भएको थियो ।

दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ ।प्रहरी र उद्धारकर्मीहरुको टोली घटनास्थलमा पुग्दा अँधेरो भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com