मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ ।

देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ ।
स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गर्नुभएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन् । सञ्चालक विष्ट भन्नुहुन्छ, “मानसिक सन्तुलन गुमेका व्यक्ति राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन् ”। ‘शुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन् । ’सडक जीवन बिताउँदै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिको स्याहार गर्ने सोच आफूमा पलाएको विष्टले बताउनुभयो ।

करीब एक वर्ष अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो ३५ वर्षीय महेश कुँवरलाई । बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिदै लम्की पुग्नुभएको थियो । सहारा घरका सञ्चालक बलबहादुर विष्टले सडकमा भौतारिने गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिनुभयो । समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किनुभयो । उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसको सहारा बन्नुभएकोछ । सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने केशव बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ भन्नुहुन्छ, “म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ सहारा घरको माया स्नेहलेबिना उपचार म निको भएँ ।” सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याउनुभयो उहाँले थप्नुभयो, “बिना औषधि सहारा घरको माया ममताले म निको भएँ, हाम्रो लागि बलबहादुर दाइ भगवाननै हुनुहुन्छ ।” अब म पनि यही बसेर दाइ जस्तै अरूको सेवा गर्छु । अहिले केशव पनि मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्नुहुन्छ ।
त्यस्तै सहारा घरमा बस्ने लम्की चुहा नगरपालिका –१ थकालीपुरकी सुनिता (शान्ति) को पीडा पनि कहाली लाग्दो छ । उहाँ पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले सहारा घरमा पुर्याए । दुई छोरा र दुई छोरी रहेका उहाँपनि करिब १२ वर्ष अघिदेखि मानसिक रोगीको सिकार हुनुभएको थियो । अहिले उहाँलाई निको भएको छ । अहिले उहाँ त्यही सहारा घरमा अरूको सेवा गर्दै आइरहनु भएको छ । घर नजिकै भएपनि आफूलाई घर जान पटक्कै मन नलाग्ने बताउनुहुन्छ शान्ति । घर नजिकै भएर आफूहरूले पटक पटक घर पठाउँदा पनि पुनः फर्किएर सहारा घरमा आइहाल्नुहुन्छ सञ्चालक विष्टले भन्नुभयो ।
सहारा घरले कुश नाम राखिदिएका एक जना हिन्दी भाषी युवा समेत आफ्नो बारेमा बताउन सक्नुहुन्न उहाँ ‘बुबा काममा जानुभएको छ’ मात्रै भन्नुहुन्छ ।
यी त केही उदाहरणका पात्र मात्र हुन । सहारा घरमा उपचार बिना नै कयौँ मानसिक सन्तुलन गुमाएर बसेका मानिसहरू निको भएर कोही यही बसेर सेवा गरिरहेका छन् भने ४७ जना निको भएर परिवार मिलन भइसकेका छन् ।
असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देशबिदेशबाट सहयोग जुटाउने गरिरहनु भएको छ । ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमार्फत सहायता माग्छु ।’संस्थाको नाममा बैङ्कमा खाता खोलेको छु उहाँले भन्नुभयो ।
सहारा घरमा ,स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्र्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सञ्चालक विष्टले बताउनुभयो । उहाँले भन्नुभयो ,‘विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनि कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने व्यक्तिहरूलाई गाँस बासमा समस्या हुने गरेको छ ।’ विष्टले खर्च नहुँदा आफूसँग भएको खेतवारी बिक्री गरेर खर्च चलाइरहेको समेत बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com