पोल गाडेको दुई वर्षपछि बिजुली


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो ।

स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । “हामीले धेरै प्रयत्नका साथ शुरु गरेको काम दुई बर्षपछि पोल गाड्ने र तार टाँग्ने काम शुरु ग¥यौँ”, स्थानीयवासी फुर्साङ तामाङले भन्नुभयो, “अब पोल गाडेको र तार टाँगेको दुई वर्षपछि नै बत्ती बाल्न शुरु ग¥यौँ ।” नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो ।

तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मटिर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ । उहाँका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ ।

अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको गाउँपालिका वडाध्यक्ष रामबहादुर मोक्तानले बताउनुभयो । अहिले सो ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको उहाँले बताउनुभयो । “अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ । बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक धु्रव रायमाझीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी रु पाँच करोड १७ लाख लागतमा करीब एक हजार घरधुरीले बत्ती बाल्ने रायमाझीले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com