छाडा चौपायाका कारण दुर्घटना बढ्दै


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन् ।

कोहलपुर–नेपालगञ्ज चारलेन सडकमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । सडकमा छाडा छाडिएका छाडा चौपाया बिच भागमा आवतजावत गर्ने र बिच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताउनुभयो ।

उहाँका अनुसार छाडा चौपायासँग ठोक्किएर राति ८ः०० बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन् । राति सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला रातिको समयमा छाडा चौपाया सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो ।

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिका, उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक–पटक पहल गरे पनि नियन्त्रण हुन नसकेको उहाँले बताउनुभयो । छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो । उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गर्न नसकेकाले पनि यो समस्या बढेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जङ्गलमा पु¥याएर छाडे पनि यसले दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवीन्द्र बमले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पु¥याएकाले यो विषयमा चनाखो भएर लाग्ने बताउनुभयो । सडक दुर्घटनामा जिल्लामा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दुई चौपायाको मृत्यु र एक घाइते भएकासमेत ट्राफिकको प्रतिवेदनमा उल्लेख छ ।

ट्राफिकको तथ्याङ्कअनुसार बाँकेमा हरेक साता सरदर दुई सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनामा प्रत्येक साता एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते हुने गरेका छन् । आव २०७५-७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com