निश्चित अमेरिकी भिसामा सेप्टेम्बर १ पछि अन्तरवार्ता दिन नपर्ने


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

भारतमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटबाट निश्चित प्रकारका व्यक्तिले अमेरिकाको भिसा आवेदन दिंदा भिसा अन्तरवार्ता समेत दिन नपर्ने भएको छ । यही सेप्टेम्बर १ देखि भिसा आवेदकले अन्तरवार्ताका छुटका लागि अनुरोध गर्नसक्ने भएका छन् ।

शनिबारदेखि लागु हुने यो नयाँ नियमले भिसा प्रकृया सहज र छिटो हुने अपेक्षा गरिएको छ । एकपटक भिसा लिएकाहरुले त्यही प्रकारको भिसा पुन नविकरण गर्नुपरेमा, १४ बर्षभन्दा कम उमेरका केटाकेटीहरु र ७९ बर्षभन्दा माथिका बृद्धबृद्धाहरुले भिसा अन्तरवार्ताको छुट पाउन सक्ने भएका छन् ।

भारतमा न्यु दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, हाइदराबाट, कोची, चण्डीगढ, जालन्धर, पुना र अहमदावादमा अमेरिकी भिसा सेन्टरहरु रहेका छन् । नयाँ नियम भारतबाट भिसा आवेदन दिने सबैका हकमा लागु हुने वा भारतीय नागरिकका हकमा मात्र लागु हुने भन्ने स्पष्ट छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com