चाडमा अन्तरजातीय हिंसा ,१० जनाको मृत्यु सङ्कटकालको घोषणा

 

चाड, सिन्ह्वा/अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् ।

स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो ।

हिंसात्मक घटनाहरु बढ्दै गएपछि सरकारले अगस्ट २० देखि सेप्टेम्बर १० सम्म आपतकालीन स्थितिको घोषणा गरेको आठ दिनपछि नै पछिल्लो झडप भएको हो । चाड सरकारले सिना, ओवाडाई र टिबेस्टी प्रान्तमा अन्तर–जातीय द्वन्द्व बढ्न थालेको भन्दै आपतकालीन स्थितिको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com