छायांकन नहुदै सलमान र आलियाको फिल्म १९० करोडमा बिक्री


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

एजेन्सी– सञ्जय लिला भन्सालीको फिल्म ‘इन्साल्लाह’मा सलमान खान र आलिया भट्ट अनुबन्धित भएपछि दर्शक फिल्मको निकै प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको छायांकन नहुदै थिएट्रिकल राइट्स बिक्री भएको छ । यो फिल्म भारु १९० करोडमा बिक्री भएको छ ।

भारतिय मिडियाअनुसार भन्सालीले फिल्म हलमा देखाउने राइट्सको लागि १६५ करोड रुपैयाँमा बेचेका छन् । साथै उनले प्रमोशन र विज्ञापनको लागि २५ करोड रुपैयाँ लिएका छन् । यसैगरी फिल्मको मुल्य १९० करोड पुगेको छ । यसैलाई मध्यनजर गर्दै डिजिटल र स्याटलाइट्स राइट्समा पनि महंगो मुल्यमा बिक्री हुने आशा गरिएको छ ।

भन्साली र सलमान दुई दशक पछि एक साथ काम गर्दैछन । उनीहरुको पहिलो फिल्म ‘हम दिल दे चुके सनम’ दर्शकले निकै मन पराएका थिए । साथै फिल्ममा सलमान र आलिया पहिलो पटक एक साथ देखिदैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com