सुरक्षा पन्तले किन गरिन् कपाल मुण्डन ?


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

नायिका सुरक्षा पन्तले ‘आमा’ फिल्मको कपाल मुन्डन गरेकी छन् । उनले कपाल मुन्डन गराएको तस्बिर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।

उनले तस्बिर सार्वजनिक गरेपछि निकै तारिफ बटुलिरहेकी छिन् । उनका फ्यानले काम प्रति समर्पित भएको प्रतिक्रिया दिइरहेका छन् । उनले किथाको माग भन्दै कपाल मुन्डन गराएकी हुन् । सुरक्षा भन्दा पहिला नम्रता श्रेष्ठले एक्सन फिल्म ‘जाइरा’को लागि कपाल मुन्डन गराएकी थिइन् । यसैले सुरक्षाले नम्रताको नक्कल गरेको भन्ने जस्ता कमेन्ट पनि आएको छ ।

दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीको मुख्य भुमिका रहेको छ । यो फिल्मको कथा निर्देशक खनालले तयार पारेका हुन् । यो फिल्म फागुन ९ गते देखि प्रर्दशनमा आउने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com