विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ ।

छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भन्नुभयो, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ ।” छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएकोे उहाँले बताउनुभयो ।

महीनावारी भएको बेला अधिकांश किशोरी विद्यालय आउन अप्ठेरो मान्ने गरेको उपप्रमुख जोशीले बताउनुभयो । “महीनावारीका बेला भोग्नुपरेको समस्या थाहा छ, मैले एटिएम शौचालयको समाचारमा पढेर आफूले पनि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने सोचका साथ काम गरेकी हूँ”, उहाँले विगत सम्झँदै भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने शुरु गरिसकेको जोशीले बताउनुभयो । महीनावारी हुने ५० छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनिटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले बताउनुभयो ।

एटिएम कार्ड वितरण गर्दै उहाँले महीनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्नका लागि गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द सिंहले बताउनुभयो । विद्यालयले प्याड खरीद गर्न महङ्गो हुने भएका कारण प्याड बनाउने तालीमसमेत दिइसकेको र अझै पुनर्ताजगी तालीम दिई अब आउँदा दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com