Follow @khasokhasmag

बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता वैध ठहर


प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित संवैधानिक इजलासले बिप्पालाई वैध ठहर गरेको हो ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा २०६८ कात्तिक ४ गते उक्त देशसँग बिप्पा सम्झौता भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com