अमेरिकामा नेपाली विद्यार्थीलाई पौने ३ लाख डलरको छात्रबृत्ति


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

अमेरिकामा नेपाली विद्यार्थी जेनिशा खडकाले प्रतिष्ठित विश्वविद्यालयमा झण्डै पौने ३ लाख डलर बराबरको छात्रबृत्ति प्राप्त गरेकी छिन् । उनले फेयर फिल्ड युनिभर्सिटी कनेक्टिकटमा छात्रबृत्ति सहित भर्ना पाएकी हुन् । यो युनिभर्सिटी अमेरिकाको महँगो र प्रतिष्ठित अन्तरगत पर्छ ।

उनी नेपालको ललितपुर जिल्लाको लुभुबाट अमेरिकाको कनेक्टिकट आएर बसेका सुजित कुमार खड्का र जानकी कार्की खड्काकी छोरी हुन् ।उनीहरु डिभी लोटरीमार्फत अमेरिका आएका थिए । खड्का परिवारले आफु दुख गरेर पनि आफ्नो एक्ली छोरी जेनिशा खडकालाइ सदैव अध्यनको निम्ती प्रेरित गरेको जनाएका छन् ।

पढाईमा अब्बल जेनिशाले पनि आफ्नो पुरै समय र सामर्थ्य पढाईमा केन्द्रित गरेका कारण हाइस्कुलमा राम्रो ग्रेड ल्याएर उत्तिर्ण गरेकी थिइन् । जसका कारण प्रतिष्ठित र महँगो युनिभर्सिटीमा छात्रबृत्ति पाएकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाइस्कुलमा जस्तै कलेजमा मिहिनेत गरेरै सफलता पाउने जेनिशाले दृढता व्यक्त गरेकी छिन् । हजारौं डलरको स्कलरशिप पाएकोले मात्रै उपयोग गर्न पाएको अवसरलाई खेर जान नदिने र आफ्नो मिहिनेतले प्राप्त सफलताले आफ्नो परिवारलाइ मात्रै हैन आफ्नो मातृभुमिलाइ समेत गौरव गर्न सक्ने बनाउने उनको भनाई छ ।

उनले उक्त युनिभर्सिटीबाट ४ बर्षे माइक्रो बायोलोजी कोर्स पूरा गर्नेछिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com