चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ ।

विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन गर्ने कार्यलाई अहिलेसम्म निरन्तरता दिँदै आएको सञ्चालक सदस्य लीला थापाले जानकारी दिनुभयो । दशैँ तिहारको समयमा बढी बिक्री हुने र त्यतिबेला उत्पादन गर्न नभ्याइने भएकाले अहिलेबाट नै बनाउन शुरु गरिएको उहाँले बताउनुभयो ।

“खेर गइरहेको समयको सदुपयोग गरी फुर्सदको समयमा झिलिङ्गा बनाउने गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रका महिला आत्मनिर्भर बन्दै गएका छन् । गत वर्ष खर्च कटाएर एक सदस्यको भागमा रु ५० हजार हात परेको उहाँले जानकारी दिनुभयो । कतै पनि रोजगारीको अवसर नपाएपछि देउरालीनगरका पाँच महिला मिलेर सामूहिक पेशा थालेको उहाँले बताउनुभयो ।

बीस हजारभन्दा बढी झिलिङ्गा भण्डारण गरी राखेको अर्का सञ्चालक सदस्य शान्ताकुमारी श्रेष्ठले बताउनुभयो । “बिहानको ४ः०० बजे नै पाँचै सदस्य झिलिङ्गा बनाउन आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “कोही झिलिङ्गा बनाउने, सुकाउने तथा कोही भने व्यवस्थापन गर्नेलगायतका काम बाँडेर गर्ने गरिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाडपर्वबाहेक अन्य समयमा पनि मानिस भातखुवाइ, विवाह, व्रतबन्ध, कोशेली लान र केटाकेटीलाई खाजाका रूपमा प्रयोग गर्न झिलिङ्गा लिन आउने गरेका छन् । प्रतिगोटा रु १२ देखि ५० सम्मको झिलिङ्गा बिक्री गर्ने गरेको सदस्य श्रेष्ठले बताउनुभयो । गत वर्ष दुई महीनामा रु पाँच लाखभन्दा बढीको झिलिङ्गा बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन गरेका झिलिङ्गा वीरगञ्ज, चितवन, नेपालगञ्ज, धादिङ र काठमाडौँलगायतका क्षेत्रबाट व्यापारी लिन देउरालीनगर आउने गरेका छन् । लोप हुने अवस्थामा पुगेको झिलिङ्गाको संरक्षण गर्दै महिलाले आयआर्जनको स्रोत बनाएर समाजमा उदाहरणीय काम गरेका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com