नेपालीलाई थाइल्याण्डको भिसामा कडाई गरिने


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

थाइल्याण्डको अध्यागमन ब्यूरो र प्रान्तीय अध्यागमन कार्यालयले विश्वका ४७ देशका लागि भिसामा कडाई गर्ने भएको छ भने नेपाल लगायतका केही देशका लागि समेत त्यस्तो कडा नियम लगाउने तयारी गरेको छ । ४७ देशका नागरिकहरुले थाइल्याण्डको भिसाका लागि प्रहरीको सफाई प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।

नयाँ नियमका कारण भिसा जारी हुनका लागि १० देखि १५ दिनसम्मको अवधि लम्बिन सक्ने जनाइएको छ । खासगरी थाइल्याण्डको लामो भिसाका लागि त्यस्तो प्रावधान लागु हुनेछ । नयाँ नियमबाट प्राथमिक आवेदकहरु प्रभावित हुने तर उनीहरुका डिपेन्डेन्टहरुभने प्रभावित नहुने जनाइएको छ ।

अध्यागमन ब्यूरो, वान स्टप सर्भिस सेन्टर र प्रान्तीय अध्यागमन कार्यालयमा लामो समयको प्रारम्भिक भिसा वा नविकरणका सन्दर्भमा नयाँ नियम लागु हुनेछ । प्रहरी सफाईका लागि आवेदकहरु बैंककको राष्ट्रिय प्रहरी ब्यूरोमा वा प्रान्तीय प्रहरी कार्यालयमा भौतिकरुपमा नै उपस्थीत हुनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजपत्रमा कडाईको नियम नेपाल, पाकिस्तान, श्रीलंका र भारतका नागरिकहरुका सन्दर्भमा पनि लागु गर्ने तयारी भएको जनाइएको छ । यसअगाडि नेपालीलाई थाइल्याण्डको भिजिटर भिसा पनि सहजै उपलब्ध गराइदै आएकोमा केहीसमयदेखि कागजपत्रको प्रकृयामा केही कडाई गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com