रवि लामेछानेसहितको मुद्दामा सकियो कानुन व्यवसायीको बहस, अदालतको आदेश बाँकी


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा कानुन व्यवसायीको बहस सकिएको छ । लामिछानेसहितका तीन जनालाई पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ गरिएको थियो ।

अदालतमा दुबै पक्षका करिब एक दर्जन कानुन व्यासायीले बहस गरेका थिए । थुनछेक बहस सकिए पनि अदालतको आदेश आउन बाँकी रहेको जनाइएको छ । धेरै कानुन व्यवासायी भएकाले बहस सकिन समय लागेको जनाइएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतले प्राप्त प्रमाणको आधारमा साधारण तारेख, धरौटी माग वा पुर्पक्षका लागि थुनामा राख्ने मध्ये जुनसुकै आदेश गर्न सक्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com