वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते


प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार

खार्तुम, ८ भदौ (रासस-सिन्ह्वा) – सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् ।

“वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्,” स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पु¥याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरुबाट बच्न अभियान चलाउन थालेको पनि जानकारी दिनुभयो । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उहाँको भनाई छ ।

यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो ।

सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।

अगस्टको सुरुदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरु अबरुद्ध भएका छन् ।
––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com