बालगृहका नाममा यस्तो धन्दा !


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौँमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने ।

साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भउका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो । चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना दुई छोरी काठमाडौँ पठाउन राखी भए ।

उनले उच्च शिक्षा अध्ययन गराउनकैक लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानिलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए । जय बहादुरको धन्दा अर्कै रहेछ । बिकट गाउँका बालबालिका ल्याएर सढाउनुको साटो अलपत्र पार्दा रहेछन् । यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com