बेलहिया –बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको छ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन् ।

साँढे २७ किलोमिटरको उक्त क्षेत्रलाई बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग पनि भनिन्छ । बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग आयोजनामार्फत नै उक्त पुल निर्माण भएका हुन् । पूर्णतया अपाङ्गमैत्री रहेका हरेक आकाशे पुल ३० मिटर लम्बाइ, साँढे २ मिटर चौडाइ र ५ मिटर उचाइका छन् । उक्त आकाशे पुलमा ढलानसहितको बेस बिममाथि स्टिलको रड र रेलिङसमेत राखिएको छ । पुलको दुवै तर्फ सोलार बत्ती जडान भएका छन् ।

बेलहियादेखि बुटवलसम्मको सडकखण्ड अन्तर्गत आँखा अस्पतालचोक, देवकोटाचोक र ब्रमेलीटोलचोक भैरहवामा आकाशे पुल निर्माण भइसकेको छ । यसैगरी तिलोत्तमा नगरपलिका अन्तर्गतको ड्राईभर टोल र बुटवलका जोगीकुटि, होराइजनचोक, कालीका स्कुल अगाडि, राजमार्ग चौराहा, मिलनचोकमा आकाशे पुल निर्माण सम्पन्न भई प्रयोगमा आइसकेकोे बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाका प्रमुख इञ्जिनीयर जीवेन्द्र मिश्रले बताउनुभयो ।

साँढे २७ किलोमिटर दुरीको बेलहिया बुटवल सडक रु पाँच अर्ब ८६ करोडकोलागतमा निर्माण भइरहेको छ । उक्त आयोजना अन्तर्गत नै २० वटा आकाशे पुल बनाउन थालिएको हो । बाँकी पुल दुई महीनाभित्र ठेक्का प्रक्रिया शुरु गरी निर्माणकार्य अगाडि बढाइने इञ्जिनीयर मिश्रले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो,“यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्यनजर गर्दै बाँकी कहाँ कहाँ राख्ने भन्ने अध्ययन गरेर अरु आकाशे पुल निर्माण गरिनेछ ।”
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com