अबुजा, ६ भदौ (रासस-सिन्ह्वा) – नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना यात्रुको मृत्यु भएको छ ।
प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई जना यात्रु गम्भीर घाइते भएका छन् ।
तिब्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुबै सवारी साधन जुधेको प्रहरीको भनाई छ । नाइजेरियामा सवारी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् । नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको छ ।
––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।