मुसहर बस्ती निर्माणमा श्रमदान र सहयोग


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक झापा का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको रु एक लाख २० हजार ६१७ नगद रकम बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस ९सीताराम कट्टेल० लाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय महत्वको पर्वका दिन कल्याणकारी काममा लगाउने मन भएपछि शनिबार नमुना मुसहर बस्तीमा श्रमदान गर्न आएको र थोरै नगदसमेत सहयोग गरिएको कार्यालयका कर्मचारीको भनाइ छ । “धेरै दिनपछि फरक ढङ्गले प्रजातन्त्र दिवस मनाइयो” टोलीमा संलग्न कमला बस्नेतले इँटाको भारी बिसाउँदै भन्नुभयो–, “पुस्तौँपुस्तादेखि अभाव र गरिबीबाट पिल्सिएका मुसहरका बनिरहेका घरमा श्रमदान र केही नगद सहयोग गर्न सक्यौँ ।”

श्रमदान गर्न आएको १३ सदस्यीय टोलीका सदस्यले इँटा, ढुङ्गा बोक्ने, सिमेन्टका बोरा ओसार्ने र मसाला ९सिमेन्ट बालुवा घोलेर बनाइने० बनाउने र घरको पक्का जोड्ने काममा कडा मिहेनत गर्नुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो । फाउन्डेसनलाई बर्दिवासका युवा उद्यमी रोशन गौतमले पनि रु ५१ हजार नगद हस्तान्तरण गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी शनिबारै झापाको गौरीगञ्जका एलिसोना राजवंशी र विराटनगर मोरङका सङ्गीता खतिवडाले मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री ९कापी, कलम, औजारबक्स, सिसाकलम र खेलकुद सामग्री भलिबल, लुँडो, चेस, टेबुलटेनिसका सामग्रीसहित फाउन्डेसनलाई हस्तान्तरण गरेका जनाएको छ ।

गत पुस २५ गते शिलान्यास भएर निर्माण सुरु भएको मुसहर बस्तीमा तीनजना फ्रेञ्च र एकजना अर्जेन्टियन नागरिक र नेपाल युवा सञ्जाल ९आयोन० का १२ जना पनि पछिल्ला ३५ दिनदेखि कडा मेहनतपूर्वक श्रमदान गरिरहेका छन् । बस्ती निर्माणमा रु चार करोड ७८ लाखको लागत अनुमान गरिएको छ । आउने वैशाख १ गते नयाँ वर्षका दिन ५० घरपरिवारका मुसहरलाई हस्तान्तरण गरिने बस्ती निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनका परियोजना प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com