दरसँगै लागुऔषधविरुद्ध सचेतना


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

सभाकक्ष खचाखच थियो । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म । भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’को । आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ ।

तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगायो । दरखाने कार्यक्रमलाई रचनात्मक बनाएकामा सहभागीले रुचाए पनि । प्रहरीले गत साता शुरु गरेको दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ लक्षित वर्गमा पु¥याउन उक्त कार्यक्रम पनि एक माध्यम बन्यो ।

तीजका बेला शहरतिर दैनिकजसो भइरहने दरखाने कार्यक्रममध्येमा सो कार्यक्रम सन्देशका हिसाबले भिन्न बन्न पुग्यो । दरखाने कार्यक्रम तडकभडकपूर्ण र खर्चिलो भयो भन्नेजस्ता आलोचनाबाट क्षेत्री महिला समाज केही हदसम्म भए पनि बच्यो । क्षेत्री पोशाकमा सजिएर आएका सयौँ महिला एकापसमा तीजको शुभकामना बाँडे, दर खाए, नाचे र दुव्र्यसनीविरुद्ध ज्ञान तथा सचेतना लिएर फर्के । “शुरुमा दरखाने कार्यक्रम मात्र बनेको थियो, पछि प्रहरीसँग मिलेर सचेतना कार्यक्रम पनि ग¥यौँ”, समाजका अध्यक्ष शिवकला थापाले भन्नुभयो ।

दरखाने कार्यक्रममा प्रहरी प्रमुखलाई निम्ता गर्न जाँदा उक्त कार्यक्रम गर्ने प्रस्ताव आएको उहाँको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले लागुऔषध दुव्र्यसनीबारे सहजीकरण गर्नुभएको थियो । विद्यालय उमेरका बालबालिका र युवामा लागुऔषध दुव्र्यसनीको समस्या बढिरहेको भन्दै आमा र अभिभावकहरु सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुव्र्यसनीविरुद्धका सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन गरिएको प्रहरीको भनाइ छ । घरकै सदस्यमा दुव्र्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।

“दुव्र्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भन्नुभयो, “कार्यक्रमबाट दुव्र्यसनीको पहिचान, उपचार, सुधार र कानूनी प्रक्रियामा सहजता थपियोस् भन्ने हाम्रो उद्देश्य हो ।”

प्रहरीले लागुपदार्थ सेवन गरे-नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन ल्याइएको हो ।

कार्यक्रममा बोल्दै सङ्घीय सासंद मनकुमारी केसीले दुव्र्यसनीविरुद्ध महिला अगाडि आउनुपर्ने बताउनुभयो । उहाँले तीज पर्वलाई महिलाको हक, अधिकार र एकतासँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले मञ्चबाट तीज गीत गाउँदा सहभागी महिलाले पनि गाएर र नाचेर साथ दिएका थिए ।

क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षेत्री महिला समाजको क्रियाशीलताको प्रशंसा गर्नुभयो । उहाँले दरखाने कार्यक्रमलाई महिला समाजले सार्थक बनाएको प्रतिक्रिया दिनुभयो । महिला समाज क्षेत्री समाज बागलुङको भातृ समाज हो । दरखाने कार्यक्रमका लागि क्षेत्री समाज र स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आर्थिक सहयोग उपलब्ध गराएको थियो । क्षेत्री महिला समाजले हिजै साँझ मानव सेवा आश्रम बागलुङमा आश्रित व्यक्तिलाई समेत दर खुवाएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com