सामान्य दक्षता भएका कामदारको ग्रिनकार्ड कोटा चालु आर्थिक बर्षका लागि पूरा


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

ईबी थ्री श्रेणीमा सामान्य दक्षता भएका कामदारका लागि ग्रिनकार्ड कोटा चालु आर्थिक बर्षका लागि पूरा भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । आर्थिक बर्ष २०१९ को अन्त्यसम्मकै लागि ग्रिनकार्ड कोटा समाप्त भएकाले यो श्रेणीमा चालु आर्थिक बर्षमा थप ग्रिनकार्ड स्वीकृत नगरिने भएको छ ।

यो श्रेणीमा बार्षिक ग्रिनकार्डको कोटा विश्वभरबाट ४० हजार रहेको छ । दक्ष, पेशागत र अन्य कामदारका लागि यो कामदार श्रेणी छुट्याइएको छ । विज्ञान, कला, शिक्षा, ब्यापार, खेलकुद लगायतका क्षेत्रमा अतिदक्षका लागि ईबी वान ग्रिनकार्ड श्रेणी छुट्याइएको छ । जसका लागि कुनै स्पोन्सरको जरुरत पर्दैन भने व्यक्तिले आफै पनि आवेदन दिन सक्छन् । असाधारण योग्यता भएका एड्भान्स डिग्री होल्डरका लागि ईबी टु श्रेणी छुट्याइएको छ ।

ईबी थ्रीका लागि युएससीआईएसले आवेदन प्राप्त गर्ने भएतापनि ग्रिनकार्ड भने उपलब्ध भइसकेपछिमात्र स्वीकृत गर्नेछ । अन्तरवार्ता तय भइसकेका आवेदकहरुले पनि अन्तरवार्ताको तयारी गर्न सुझाव दिइएको छ । तर युएससीआईएसका अधिकारीहरुले अन्तरवार्ताको नयाँ मिति पनि दिनसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा नयाँ आर्थिक बर्ष अक्टोबर १ देखि सुरु हुन्छ । नयाँ आर्थिक बर्ष सुरु भइसकेपछि नयाँ भिसाको कोटा सुरु हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com