अरुलाई ‘तपाईं’ तर दलितलाई तिमी !


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ ।

‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ । वडाध्यक्ष्ँ प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् ।

परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com